Saturday, June 18, 2016

भौतिक विज्ञान विशेषज्ञ प्रधानको सम्झना

काठमाडौँ, ४ असार । भौतिक विज्ञान विशेषज्ञ एवम् शिक्षासेवी स्व प्रा डा शङ्करप्रसाद प्रधानको एक कार्यक्रमबीच सम्झना गरियो ।

नेपाल भौतिक विज्ञान समाज र त्रिचन्द्र क्याम्पसले संयुक्तरुपमा शुक्रबार आयोजना गरेको श्रद्धाञ्जलिसभामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्टका) प्राज्ञ स्व प्रधानले नेपालमा विज्ञान शिक्षाको उन्नयन र यस विषयको पठाइमा निर्वाह गर्नुभएको भूमिकाको चर्चा गरिएको थियो ।

भौतिक शास्त्र (विज्ञान)मा विद्यावारिधि (पीएचडी) गर्ने नेपालका दोस्रो व्यक्तित्व प्रा डा प्रधान विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पहिलो डिनसमेत हुनुहुन्थ्यो । भौतिक शास्त्र केन्द्रीय विभाग प्रमुख उहाँ त्रिवि अनुसन्धान महाशाखामा संस्थापक प्रमुख पनि हुनुहुन्थ्यो । त्रिचन्द्र क्याम्पसका पूर्व प्रमुख र नेपाल भौतिक विज्ञान समाजका संस्थापक अध्यक्ष प्रा डा प्रधानले विज्ञान शिक्षाको पाठ्यक्रम निर्धारणमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

श्रद्धाञ्जलिसभामा प्रा देवेन्द्र मिश्र, प्रा डा प्रदीप भट्टराई, भौतिक शास्त्री वसन्तकुमार गौतम, प्रा डा केदारलाल श्रेष्ठ, त्रिचन्द्र क्याम्पसका प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपाने, सोही क्याम्पस प्रध्यापक सङ्घ इकाइका अध्यक्ष पुष्पराज जोशी र भौतिक विभाग प्रमुख निलम श्रेष्ठ र प्रा डा खगेन्द्र खड्काले स्व प्रधानले मुलुकमा शिक्षा क्षेत्रको विकासमा गर्नुभएको योगदानको स्मरण गर्नुभएकोे थियो ।
चालीस वर्षभन्दा बढी प्राध्यापन सेवामा संलग्न प्राज्ञ प्रधानको ८६ वर्षको उमेरमा गत जेठ ३० गते काठमाडौँमा निधन भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts