पोखरा, १० असार । उपप्रधानमन्त्री कमल थापाले स्थानीय निकायमा कार्यरत कर्मचारीलाई जिल्ला, नगर र वडाका विकास निर्माणमा गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ ।
जिविस कास्की, पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाको आज यहांँ वार्षिक प्रगति प्रतिवेदन सुनेपछि निर्देशन दिंँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले विकास निर्माणका काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा स्थानीय विकास अधिकारी दामोदर भण्डारी, उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुंँवर र नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले आआफ्ना संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगर स्वास्थ्य केन्द्रको उद्घाटन
उपप्रधानमन्त्री थापाले उपमहानगरपालिकाको वडा नं ५ र १५ मा खोलिएको नगर स्वास्थ्य केन्द्रको आज उद्घाटन गर्नुभयो । स्वास्थ्य मन्त्रालय, उपमहानगरपालिका र आशा स्वास्थ्य क्लिनिकको संयुक्त सहकार्यमा सो केन्द्र सञ्चालनमा आएको हो । यो समेत अब उपमहानगरपालिकामा पाँच केन्द्र पुगेका छन् ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत कुंँवरले नगरका सबै वडामा यस प्रकारका स्वास्थ्य केन्द्र खोल्दै जाने जानकारी गराउनु भयो ।रासस
No related posts.
No comments:
Post a Comment