काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एम सेनेभिराथनले बिदाइ भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्यका रुपमा रहेका दुई मुलुकबीच जनस्तरमा रहिआएको आपसी सम्बन्ध, सहयोग र हितका विषयमा छलफल भएको थियो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यका अनुसार गत वर्षको विनाशकारी भूकम्प, निकट भविष्यमा हुन लागेको दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्क, लुम्बिनीको विकासमा भएको सहयोगलगायतका विषयमा राष्ट्रपति भण्डारीले श्रीलङ्का सरकारलाई धन्यवाद दिनुभयो ।
दुवै देशको उच्चस्तरीय भ्रमण आदानप्रदानमा दूतावासले निर्वाह गरेको भूमिकासमेत सो अवसरमा चर्चा भएको थियो । रासस
No comments:
Post a Comment