जनकपुरधाम, ११ असार । सिँचाइ मन्त्री उमेश यादवले सूचना तथा सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने चार जना वरिष्ठ पत्रकारलाई आज जनकपुरमा सम्मान गर्नुभयो ।
सम्मानित हुने वरिष्ठ पत्रकारमा दैनिक जागरणका सम्पादक राजेश्वर नेपाली, जनकपुर एक्सप्रेसका पूर्व सम्पादक रामभरोस कापडी, रासस जनकपुर अञ्चल प्रमुख हिमांशु चौधरी र स्वतन्त्र पत्रकार बिएन खनाल रहनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल जनकपुरद्वारा आयोजित प्रदेशस्तरीय बृहत् सम्मेलनमासो अवसरमा मन्त्री यादवले अहिले पनि हरेक निकायमा विभेद विद्यमान रहेको चर्चा गर्दै विभेदविरुद्धको आन्दोलन मौलिक हकका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले विकास निर्माण कार्यमा साम्प्रदायिक गन्ध आउनुहुँदैन भन्दै यस कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभयो ।
मन्त्री यादवले संविधानको संशोधन सम्भव भए पनि पुर्नलेखन सम्भव नभएकाले एकअर्काको अस्तित्व स्वीकार गरी वार्ताको माध्यमबाट मधेसको मुद्दालाई सम्बोधन गराउन पहलको आवश्यकतामा जोड दिनुभयो ।
पूर्व मन्त्री यदुवंश झाले कटाक्ष, घृणाको भावको अन्त्य हुनु जरुरी छ भन्दै मधेसको समस्या समाधान सन्दर्भमा वार्ताको टेबलमा बस्नुपर्छ भन्नुभयो ।
वरिष्ठ पत्रकार कापडीले काठमाडौँका मिडियाले मधेसका बारेमा भ्रम छर्ने कार्य गरिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका रामसरोज यादव, नेकपा (एमाले)का राजकिशोर यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका परमेश्वर यादवले मधेसको समस्या समाधान नभएमा अस्थिरता बढ्दै जाने बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment