Friday, June 3, 2016

जङ्गली च्याउ नखान आग्रह

काठमाडौँ, २१ जेठ । देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ ।

महाशाखाले आज विज्ञप्ति जारी गरेर जङ्गल, भिर, कान्ला, खोल्सा र बारीमा आफैँ उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन आग्रह गरेको हो ।

महाशाखाले व्यावसायिक रुपमा कृषकले खेती गरी उत्पादन गरेका च्याउ मात्र खान अपिल गरेको छ ।

पटकपटक विषादियुक्त च्याउका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट मृत्यु हुने र बिरामीको सङ्ख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts