Thursday, June 9, 2016

ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौँ, २७ जेठ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ का ७० वर्ष पार गरेका ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा गोकर्ण महिला सञ्जालले आज आयोजित कार्यक्रममा दोसल्ला, माला, हर्लिक्स र बिस्कुटले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकको सम्मान उहाँहरुले समाजमा पु¥याउनुभएको योगदानका लागि कदर भएको सो अवसरमा सञ्जालकी अध्यक्ष शान्ति नेपालले बताउनुभयो ।
“सकुञ्जेल समाजका लागि योगदान गरेका ७० देखि ९२ वर्षसम्मका ७० जना बुबाआमालाई नगरपालिकाको सहयोगमा सम्मान गरिएको हो” – उहाँले भन्नुभयो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस काठमाडौँ–३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, नेकपा (एमाले)का गोविन्दबहादुर श्रेष्ठ, नयाँ शक्ति नेपालका तुलसी पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर पण्डित, राष्ट्रिय सहिद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, समाजसेवी रामलाल श्रेष्ठलगायतका वक्ताले ज्येष्ठ नागरिकको सम्मान गर्ने संस्कारको विकास गरे समाज सभ्य बन्ने धारणा राख्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts