Sunday, June 19, 2016

नेपाल प्रेस इन्स्टिच्युटमा नौ सदस्य निर्वाचित

काठमाडौँ, ५ असार । नेपाल प्रेस इन्स्टिच्युटको कार्यसमितिमा नौ सदस्य निर्वाचित भएका छन् ।

इन्स्टिच्युटको आज सम्पन्न ११औँ साधारणसभाले आगामी तीनवर्षे कार्यकालका लागि सदस्य निर्वाचित गरेको हो ।

निर्वाचित हुनेमा निलकण्ठ उप्रेती, पुष्कर माथेमा, नीता सापकोटा, लक्ष्मण उप्रेती, लक्ष्मण हुमागाईं, मन्टेश्वरी राजभण्डारी, तीर्थ कोइराला, गङ्गादेवी गुरुङ र कपिल काफ्ले रहनुभएको छ ।

निर्वाचित सदस्यले इन्स्टिच्युटको अध्यक्ष, उपाध्यक्ष महासचिव र कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्ने निर्वाचन अधिकृत सोमनाथ लामिछानेले जानकारी दिनुभयो ।

पत्रकारिता क्षेत्रको प्राज्ञिक संस्थाका रुपमा रहेको नेपाल प्रेस इन्स्टिच्युटले नेपालको पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

यसअघि साधारणसभाको उद्घाटनसत्रमा संस्थाका उपाध्यक्ष तपनाथ शुक्लले संस्थाकातर्फबाट स्वागत मन्तब्य, महासचिव कुन्दन अर्यालले महासचिवको प्रतिवेदन र कोषाध्यक्षको लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts