Sunday, June 19, 2016

पञ्चदिवसीय योग महोत्सव हुने

काठमाडौँ, ५ असार । विश्व योग दिवसका अवसरमा ‘पञ्चदिवसीय योग महोत्सव’ यही असार ७ देखि ११ गतेसम्म हुने भएको छ ।

भगवान् श्री पशुपतिनाथ सेवक सङ्घ, आनन्द मार्ग प्रचारक सङ्घ, नेपाल योग एकेडेमी, लियो क्लब अफ काठमाडौँको संयुक्त आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वरिष्ठ धार्मिक योगाचार्य तथा कलाकारको सहभागितामा पञ्चदिवसीय योग महोत्सव हुने भएको हो ।

महोत्सवको असार ७ देखि ११ गतेसम्म चल्ने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुहुनेछ । महोत्सव सुमार्गी भवन वनकालीमा हुने आयोजक समितिका संयोजक केदारमान भण्डारीले जानकारी दिनुभयो ।

पशुपति मन्दिर परिसरमा हुन लागेको उक्त कार्यक्रममा नेपाल र भारतबाट आएका योगाचार्यबाट योगासन, योगशिक्षा, ध्यान, यौगिन चिकित्सासँगै सांस्कृतिक कार्यक्रम गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।

मानव शरीरलाई स्वस्थता दिनु, मनलाई स्थिरता र आत्मालाई परमात्मा स्वरुपमा प्रतिष्ठित गर्नु नै योगको उद्देश्य रहेको संयोजक भण्डारीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

योगमार्फत देशलाई समुन्नत र सकारात्मक दिशातर्फ अगाडि बढाउन पनि सहयोग पुग्ने आयोजक विभिन्न संस्थाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घले गत वर्षदेखि हरेक वर्ष जुन २१ तारिखलाई विश्व योग दिवसका रुपमा मनाउने घोषणा गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts