Thursday, June 9, 2016

योग दिवस मनाउन जिम्मेवारी

काठमाडौँ, २७ जेठ । सरकारले अन्तर्राष्ट्रिय योग दिवस मनाउन शिक्षा मन्त्रालयलाई संयोजकको जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले आउँदो २१ जुन(असार ७) मा हुने सो दिवस मनाउन आफूहरुलाई संयोजनको जिम्मेवारी दिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा २०१४ डिसेम्बर ११ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राखेका प्रस्तावका आधारमा सो दिनलाई योग दिवस घोषणा गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts