काठमाडौँ, ३२ जेठ । उपप्रधान एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले सरकार अपाङ्गमैत्री कार्यक्रम ल्याउने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय अपाङ्ग मानवअधिकार संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अपाङ्गमैत्री कार्यक्रमअन्तर्गतका साङ्केतिक भाषा, लिपि, अपाङ्गमैत्री वातावरण र संरचना बनाउनेलगायत कार्य सुरु गरिएको जानकारी दिनु भयो । उहाँले अपाङ्ग भएर पनि क्षमतावान् भएकालाई मुलुक विकासका लागि सदुपयोग गर्न सके आर्थिक समृद्धिको ढोका खुल्ने धारणा राख्नु भयो । उहाँले बजेटमा शारीरिक अपाङ्गता भएका व्यक्तिको हकहितमा कार्यक्रम समावेश गरेको भए पनि अपुग भएका केही विषयवस्तुलाई थपेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मञ्चका महासचिव रमेशबाबु तिवारीले लक्षित वर्गको क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरण र विकासमा निरन्तर सहयोग गर्न माग गर्नुभयो ।
उक्त कार्यक्रममा दृष्टिविहीनमैत्री ‘अडियो’ समेत वितरण गरिएको थियो । रासस
No related posts.
No comments:
Post a Comment