Sunday, June 5, 2016

शेर्पाद्वारा प्रेस चौतारीको झन्डा सरगरमाथामा

काठमाडौँ, २३ जेठ । प्रेस चौतारी नेपालका सदस्य लाक्पा गेलु शेर्पाले सगरमाथामा चौतारीको झन्डा फहराउनुभएको छ ।

सोलुखुम्बु स्थायी घर भएका ३९ वर्षीय शेर्पा यही जेठ १० सगरमाथामा चौतारीको झन्डा फहराएर आज काठमाडौँ फर्कनुभएको छ । विश्वको इतिहासमा प्रेससम्बन्धी सङ्घसंस्थाको झन्डा सगरमाथामा फहराइएको यो पहिलो पटक भएको चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले जानकारी दिनुभयो ।

उपाध्यक्ष नेपालले शेर्पाले फहराएको झन्डाले विश्व प्रेस स्वतन्त्रताका लागि महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । चौतारीले गत वैशाखमा उहाँलाई सगरमाथा जान अगाडि झन्डा दिएर बिदाइ गरेको थियो । पत्रकार शेर्पालाई सोमबार सम्मान गरिने भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts