Thursday, June 23, 2016

युवक सङ्गठनको तेस्रो महाधिवेशन सुरु

काठमाडौँ, ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको तेस्रो महाधिवेशन आजदेखि सुरु भएको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा शुक्रबारसम्म चल्ने उक्त महाधिवेशनमा देशभरबाट करिब ८०० प्रतिनिधि सहभागी छन् । महाधिवेशनको उद्घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले अब मुलकको नेतृत्व युवा वर्गले गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीको सिद्धान्त भनेको मुलुकमा हिन्दू राष्ट्र कायम गराउनु नै भएको विचार व्यक्त गर्दै त्यसप्रति सचेत रही सङ्गठन सुदृढीकरणमा लाग्न युवकलाई सुझाव दिनुभयो । अध्यक्ष थापाले मधेसकेन्द्रि दललाई वार्ताबाट समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।

सङ्गठनका अध्यक्ष प्रकाश रिमालले गुटको राजनीति अन्त्य गरी पार्टीको भावना र जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका नेता देवेन्द्र प्रधानले राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राख्न युवा जिम्मेवार हुनुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts