Thursday, June 23, 2016

हिमालयन पेट्रोकेमिकल प्रालिलाई फुक्का गर्न निर्देशन

काठमाडौँ, ९ असार । आपूर्ति मन्त्रालयले हिमालयन पेट्रोकेमिकल प्रालिको रोक्का भएको ग्यास खरिद अनुमति(पिडिओ) फुकुवा गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

मन्त्रालयको आजको निर्णयानुसार गत जेठ ७ गते खाना पकाउने ग्यास विस्फोट भई ललितपुरका सुरेश ताम्राकार र राजेश ताम्राकारको मृत्यु भएपछि मृतकका आफन्तलाई भौतिक क्षतिका लागि राहतस्वरूप रु ४० लाख आर्थिक सहयोग गरिसकेका अवस्थामा विरोधका कार्यक्रम फिर्ता दिई सहमति भएपछि फुकुवा गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयको आजको निर्णयानुसार प्रयोगमा ल्याइएका सिलिन्डर मापदण्डअनुसार भए÷नभएकाबारे छानबिन गर्न पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts