तनहुँ, २५ जेठ । तनहुँको डुम्रेबाट पुर्कोट लौडारीभञ्ज्याङतर्फ जाँदै गरेको ध१ख ५४६ नंको यात्रुवाहक बस आज भानु नगरपालिका–३ स्थित बाह्रबिसेमा दुर्घटना हँुदा१७ जना यात्रु घाइते भएका छन् । तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी गम्भीर घाइते हुनेमा जिल्लाको पुर्कोट–३ बस्ने ३३ वर्षीय विक्रम पाण्डे, भानु नगरपालिका–३ निवासी ३७ वर्षीया सरस्वती श्रेष्ठ, सोही वडा निवासी १२ वर्षीया मनिता श्रेष्ठ र पुर्कोट–३ बस्ने ३६ वर्षीया पवित्रा घिमिरेलाई सामान्य उपचारपश्चात् पोखरास्थित मणिपाल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक गजेन्द्रकुमार चौधरीले बताउनुभयो ।
दुर्घटनामा अन्य १३ जना घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब १२ मिटर तल खस्दा सो दुर्घटना भएको इलाका प्रहरीले जनाएको छ । बस र त्यसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । रासस
No comments:
Post a Comment