खोटाङ, २० जेठ । नेपाल सितोरियो कराते सङ्घ खोटाङको आयोजनामा दिक्तेलमा आजदेखि प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालका पाँचवटै विकास क्षेत्र, विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी र विश्वविद्यालय तथा भारत र भुटान गरी १२ टोलीका करिब ३०० खेलाडी सहभागी छन् ।
प्रतियोगिताको सांसद् सरस्वती बजिमयले आज उद्घाटन गर्नुभयो । प्रतियोगितामा देश तथा विदेशका १८ टोलीको प्रतिष्पर्धा हुने भनिएपनि वर्षात्का कारण आयोजकसहित १२ टोलीको मात्र सहभागिता रह्यो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ५०, ३० र २० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सङ्घका उपाध्यक्ष मिलन कसजुले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment