Friday, June 3, 2016

च्याउ खाँदा एकको मृत्यु चार बिरामी

फलेवास (पर्वत), २२ जेठ । दक्षिण पर्वतको भोर्ले गाविसमा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु भएको छ ।

जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएको केही बेरपछि भोर्ले–४ हिले का ६५ वर्षीय देउबहादुर थापाको गए राति १० बजे मृत्यु भएको हो ।

त्यस्तै उनकी छोरी १८ वर्षीया लक्ष्मी थापा, १५ वर्षीया प्रतिमा थापा, १४ वर्षीया ललिता थापा मृतक थापाकी बुहारी ३५ वर्षीया कोपिला थापा गम्भीर बिरामी परेका छन् ।

उनीहरुलाई गए राति नै उपचारका लागि वालिङ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जङ्गलमा पाइने च्याउ परीक्षण नगरिकनै पकाएर खाएकाले वृद्धको मृत्यु भएको र अन्य चार जना बिरामी परेको प्रहरीले अनुमान गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts