तिलोत्तमा (रुपन्देही), २० जेठ । टिपरको ठक्करबाट आज रुपन्देहीको हाटीबनगाईमा एकजनाको ज्यान गएको छ ।
रा१ख ८४२ नम्बरको टिपरको ठक्करबाट सोही गाविस–८ का ६० वर्षीय दीपपुजन अहीरको ज्यान गएको हो । साइकलमा सवार अहीरलाई टिप्परले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनापछि आक्रेसित स्थानीयवासीले टिपरमा आगजनी गरेका थिए । रासस
No comments:
Post a Comment