Thursday, June 2, 2016

राईको एकल गायन

इटहरी, २० जेठ । वरिष्ठ शास्त्रीय गायक एवम् सङ्गीतकार भोलाप्रसाद राईको एकल गायन आज इटहरीमा प्रस्तुत गरिएको छ ।

लामो समयदेखि सुनसरीमा रहेर शास्त्रीय सङ्गीत तथा गायन क्षेत्रमा अध्यापन गराउँदै आउनुभएका शास्त्रीय गायक एवम् सङ्गीतकार राईले दर्जनौ ख्यातीप्राप्त गीतमा सङ्गीत भरिसक्नुभएको छ ।

शिवसती सरगम साङगीतिक त्रिवेणी नाम दिइएको सो कार्यक्रममा राईले राग तोडी बोलको शास्त्रीय गीतबाट आफ्नो एकल गायन शुभारम्भ गर्नुभएको थियो ।

राईलाई जनार्दन मण्डल, शैलेन्द्र विश्वकर्मा, प्रमोद मोक्तान, हेमकुमारी नेपाललगायतले बाध्यबादनमा सघाउनुभएको थियो । सोही अवसरमा गायक भोलाप्रसाद राई, कुशेश्वर राई पदमप्रसाद श्रेष्ठ(भान्जाबाबु)लाई सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts