Wednesday, June 1, 2016

निःशुल्क डायलाइसिस सुविधा पाएकामा मिर्गौला पीडित कृतज्ञ

काठमाडौँ, १९ जेठ । मिर्गौला पीडितले डायलाइसिस उपचार निःशुल्क गराइदिएकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आज धन्यवाद दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा मिर्गौला रोगीको डायलाइसिस निःशुल्क बनाएको खुसियालीमा प्रधानमन्त्री ओलीलाई आभार प्रकट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले उपचारका सम्भावना हुँदाहुँदै कसैले पनि उपचार नपाएर मर्नु नपरोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उपचारको विधि हुँदाहुँदै कसैले पनि रकम अभावमा मर्नु नपरोस् भन्ने उद्देश्यले मिर्गौला पीडितलाई राहत दिन खोजिएको हो ।’’

पीडितको तर्फबाट साहित्यकार दाहाल यज्ञनिधिले आभारपत्र पढेर सुनाउँदै डायलाइसिसकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अब पीडितहरुलाई नरहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts