पथरी (मोरङ), ५ असार । नेपाली काँग्रेसका कन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अहिलेकै अवस्थामा स्थानीय निकायको निर्वाचन हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
नेकपा एमाले नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी काँग्रेससँग परामर्श नगरी आफूखुसी निर्वाचन गर्ने तयारी गरेको बताउँदै उहाँले अहिलेकै अवस्थामा काँग्रेस निर्वाचनमा जान नसक्ने पनि प्रष्ट पानुभयो । निर्वाचनमा जाँदा मधेसी र आदिवासीको समस्या सामधान गर्नुपर्ने उहाँको विचार थियो ।
नेता केसीले वर्तमान सरकारले मधेस समस्या समाधान, संविधानको कार्यान्वयन र स्थानीय निकाय निर्वाचन गराउन नसक्ने दाबी गर्दै संसद्को ठूलो दल काँग्रेसको नेतृत्वमा सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
आफ्नो नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस तयार भएको नेता केसीले उल्लेख गर्नुभयो । वर्तमान सरकारमा सङ्घीयता र गणतन्त्र विरोधी दलहरु समावेश भएकाले काँग्रेस कुनै पनि हालतमा यो सरकारमा नजाने उहाँले प्रष्ट पार्नुभयो । रासस
No comments:
Post a Comment