Sunday, June 19, 2016

पूर्व युवराज पारस खप्तडमा

डोटी, ५ असार । पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुग्नुभएको छ ।

करिब १० दिन खप्तडमा बस्ने गरी आउनुभएका पारस डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी झिँग्राना हुँदै खप्तड पुग्नुभएको हो ।

स्व राजा वीरेन्द्रले खप्तड जाँदा बस्नका लागि झिँग्रानामा बनाएको भिआइपी पाहुनागृहमा उहाँ बस्नुभएको बताइएको छ ।

उहाँका साथमा शितास्मा राज्यलक्ष्मी शाह, मित्र प्रवनजङ्ग सिंहलगायतका व्यक्ति पनि खप्तड पुगेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts