Thursday, June 9, 2016

उद्यानमा प्रतीक्षालय र खाजाघर बनाउने तयारी

काठमाडौंँ, २७ जेठ । रत्नपार्कमा आउने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै केही समयमा पार्कभित्र प्रतीक्षालय र खाजाघर बनाउने तयारी गरिएको छ ।

गत चैतको पहिलो सातादेखि रत्नपार्कमा इन्टरनेट सुविधा उपलब्ध भएसँगै त्यहाँ जाने अवलोकनकर्तालाई व्यवस्थापन गर्नका लागि प्रतीक्षालय र खाजाघर राख्न लागिएको कामपा, रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत शनिबार मात्रै रत्नपार्कमा अवलोकन गर्न आउने तीन हजार ११० जना थिए । झन्डै एक वर्षअघिदेखि रत्नपार्कको थप व्यवस्थापन गरी अवलोकनकर्ताबाट शुल्क समेत लिन थालिएको छ । प्रवेश शुल्क विद्यार्थीका लागि रु १५ तथा अन्यका लागि रु २५ निर्धारण गरिएको एकाइले जनाएको छ ।

गत शनिबार हालसम्मकै बढी अवलोकनकर्ता रत्नपार्कको अवलोकन गर्न आएका थिए । अवलोकन गर्न आएकाबाट प्रवेश शुल्कस्वरुप रु ७२ हजार ८०० असुल गरिएको । अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानी पनि बढेको छ । अघिल्लो शनिबार रु ३५ हजार मात्र उठेको थियो ।

रत्नपार्कका पानी पर्दा ओत लाग्ने ठाउँ पनि बनाउने तयारी गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts