Thursday, June 9, 2016

शल्यक्रिया गर्न लागिएकी सुत्केरीको हृ्रदयाघातबाट मृत्यु

उदयपुर, २८ जेठ । जिल्ला अस्पताल उदयपुरमा बिहीबार बेलुकी शल्यक्रिया गर्न लागिएकी एक सुत्केरी महिलाको हृदयाघातका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित सोनापुर बस्ने २९ वर्षीया जानुका विक रहेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

बिरामीलाई सुत्केरी व्यथा लागेर अस्पताल ल्याएपछि श्ययामा शल्यक्रियाका लागि तयारी गर्नै लाग्दा हृदयाघात भई मृत्यु भएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा विष्णुबहादुर बस्नेतले बताउनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts