Friday, June 3, 2016

बसले ठक्कर दिँदा दुई घाइते

बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोकमा आज भएको दुर्घटनामा दुईजना घाइते भएका छन् । काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको ३७५० नं को यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको बा ७३ प ६४६६ नं को मोटरसाइकललाई धुलिखेलमा ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक धुलिखेलका ३२ वर्षीय राजकुमार लम्साल र ३३ वर्षीय प्रल्हाद तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । घाइतेमध्ये तिमल्सिनाको टाउकोमा चोट लागेकाले गम्भीर अवस्था रहेको छ भने लम्सालको खुट्टामा चोट लागेको छ ।

प्रहरीले घटनास्थलबाट मोटरसाइकल र बसलाई नियन्त्रणमा लिए पनि बस चालक फरार रहेकाले खोजी भइरहेको जनाइएको छ ।
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts