Friday, June 17, 2016

हाब्रेको छालासहित दुई पक्राउ

धुन्चे (रसुवा), ३ असार । बिक्रीवितरणका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले दुर्लभ हाब्रेको छाला सहित दुई युवालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा राम्चे गाविस–५ का रामकृष्ण वाइवा र सुजन तामाङ छन् । मोटरसाइकलबाट बिक्रीका लागि लैजाँदै गर्दा उनीहरुलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको रसुवाको टोलीले बिहीबार राति धैबुङ गाविसको कालिकास्थानबाट छालासहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी अपराध भएकाले कारबाहीका लागि उनीहरुलाई आजै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts