Friday, June 17, 2016

‘बनिता’बाट सम्मान र पुरस्कार

काठमाडौँ, ३ असार । ‘बनिता’ साहित्यिक पत्रिका (त्रैमासिक) को १८औँ वार्षिकोत्सवका अवसरमा आज विभिन्न साहित्यकारलाई पुरस्कार प्रदान गरिनाका साथै सम्मान गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रतीले बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ, भोजपुरी भाषाका साहित्यकार दीपनारायण मिश्र, गायिका तारा थापा, कवि गोपीकृष्ण प्रसार्इं, सञ्चारकर्मी शोभा बस्नेत र फरक क्षमता भएका बाल प्रतिभा सुनी तामाङलाई पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार छ ।

त्यसैगरी कवि प्रह्लाद पोखरेल, श्रवण मुकारुङ, सङ्गीतकार मनराज नकर्मी, बाल प्रतिभा आशिष जिम्बा लामा र विज्ञता कार्कीलाई पनि पुरस्कार प्रदान गरियो । उनीहरुलाई दिइएको पुरस्कारको राशि जनही रु पाँच हजार छ ।

कार्यक्रममा समालोचक प्रा राजेन्द्र सुवेदी, कवि डा दुबसु क्षेत्री, पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, आख्यानकार नीलम निहारिका र फेसन डिजाइनर विश्व गौतमलाई सम्मान गरिनाका साथै कवि गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवीलाई अभिनन्दन गरिएको पत्रिकाका सम्पादक÷प्रकाशक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

सो अवसरमा कवि गोपालप्रसादका छोरा मदन रिमालले नेपाली साहित्यका क्षेत्रबाट मुलुकलाई योगदान पु¥याउनुभएका क्रान्तिकारी राष्ट्रवादी व्यक्तित्व गोपालप्रसादलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts