काठमाडौँ, १६ असार । पूर्वसांसद मञ्च नेपालको १५ औँ साधारणसभाले पूर्वमन्त्री एवम् सांसद ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
मञ्चको आज सम्पन्न साधारणसभाले उपाध्यक्षमा झलकनाथ वाग्ले, विष्णुबहादुर राउत, वीरबहादुर सिंह, गोविन्दबहादुर शाह, रामेश्वरराय यादव, उर्मिला अर्याल, महासचिवमा शङ्करनाथ शर्मा अधिकारी, सचिवमा ब्रम्हनारायण चौधरी थारु, शिवबहादुर देउजा, नरबहादुर हमाललाई चयन गरेको छ । कोषाध्यक्षमा सुशीला शर्मालाई चयन गरिएको छ ।
यस्तै सदस्यमा सुशीलमान शेरचन, उर्मिला थापा, घनेन्द्र बस्नेत, अक्कलबहादुर विष्ट, देवराज घिमिरे, विनोदकुमार शाह, गोमा देवकोटा, लालबहादुर विक, विशेश्वरा दाहाल, गोविन्दप्रसाद शर्मा कँडेल, कृष्ण किशोर घिमिरे, नरबहादुर बुढाथोकी, जीपछिरिङ लामा, काशी पौडेल, शिला यादव, रामहरि ढुङ्गेल, सुरेन्द्र हमाल हुनुहुन्छ ।
यस्तै मुक्तिप्रसाद शर्मा, चन्दन शाह, कृष्णलाल महर्जन, टङ्कप्रसाद शर्मा कँडेल, शिवराज जोशी सुशीला स्वाँर, दुर्योधन सिंह, हरिनाथ बाँस्तोला, कृष्णप्रसाद दाहाल, सुरेश कार्की, तिलकुमार मेयाङ्वो, हरिवैरागी दाहाल, लक्ष्मीनारायण चौधरी सदस्य हुनुहुन्छ ।
मञ्चका निर्वतमान अध्यक्ष तारानाथ रानाभाटले आज नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई ‘माइन्युट’ हस्तान्तरण गर्नुभयो । सभामुख ओनसरी घर्तीले मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै पद तथा गोपनियताको सपथ गराउनुभयो । सभामुख घर्ती मञ्चको संरक्षक हुनुहुन्छ । रासस
No related posts.
No comments:
Post a Comment