Friday, June 3, 2016

सरकार परिवर्तनमा एमाले डराउँदैन : रावल

सिन्धुली, २१ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष तथा रक्षामन्त्री भीम रावलले सरकार परिवर्तनमा एमाले नडराउने बताउनुभएको छ ।

नेकपा (एमाले) सिन्धुलीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले एमाले सरकारमा रहेसम्म जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शान्ति सुरक्षालाई मजबुद बनाउन अहिले सरकारले सुरक्षा नीति बनाएको बताउँदै रक्षामन्त्री रावलले नेपाली जनताले समृद्धि चाहेको र जनताको चाहना संस्थागत गर्न अहिलेको सरकार जोडदारका साथ लागिपरेको जानकारी दिनुभयो ।

अहिलेको सरकारले नीति तथा कार्यक्रम र बजेट जनताको इच्छा, चाहन र आवश्यकता पूरा हुनेगरी बजेट ल्याएकामा काँग्रेसले अहिले छुच्याईं गरेको उहाँको आरोप थियो ।

सिन्धुलीमा पीडित छुटेका र गैर भूकम्पपीडित घुसेकामा यसलाई छानबिन गर्ने जनाउँदै रक्षामन्त्री रावलले स्थानीय निकायको चुनाव मङ्सिरमा जसरी पनि हुने दावी गर्नुभयो । उहाँले अरु दलले भने जस्तो नेपाल र विदेशी राष्ट्रसँगको सम्बन्धमा कुनै कमी नआएकोसमेत स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts