Wednesday, June 15, 2016

‘संविधान कार्यान्वयनसँगै आर्थिक विकास’– मन्त्री पोखरेल

काठमाडौँ, १ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिसँगै मुलुकलाई सामाजिक सद्भावको बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको पाँचाँै राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा व्याप्त सबै प्रकारका विभेद अन्त्य गर्न सद्भाव कायम गर्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष पदम सुन्दासले युगौँदेखि दलित समुदायमाथि थोपरिएको जातीय भेदभाव तथा छुवाछूतलाई नेपाली साहित्यमार्फत अन्त्य गरिनुपर्ने धारणा राख्नु भयो ।

प्रतिष्ठानले ‘सिमान्तकृत भगत सर्वजित अन्तर्राष्ट्रिय पुरस्कार–२०७२’ मरणोपरान्त किसान आन्दोलनका सहिद बहादुर शाहलाई प्रदान गरेको छ । त्यसैगरी सोही पुरस्कार– २०७३ कला तथा सङ्गीतकारद्वय बिहानी विक र प्रगति हिङमाङलाई प्रदान गरियो । पुरस्कारको राशी जनही रु २० हजार रहेको छ । नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा देशभरका दलित सहित्यकारको उपस्थिति रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts