गत केही समयदेखि कतारमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरी नेपाल फर्काउन सरकार तुरुन्त लागी पर्ने माननीय श्रम तथा रोजगार मन्त्री दीपक बोहराले बताएका छन् ।
कतारको इलुसिड नामक कम्पनीमा कार्यरत १८५ जना नेपाली कामदारहरु लामो समयदेखि अलपत्र परेकाले उनीहरुको उद्धारको पहल गर्दै गैर आवासीय नेपाली संघको एक प्रतिनिधि मण्डलले बुधबार सिंहदरबारस्थित श्रम तथा रोजगार मन्त्रालयमा भेटी माननीय मन्त्री बोहरालाई ज्ञापन पत्र बुझाएको छ ।
बिचल्लीमा परेका १ सय ८५ कामदार मध्ये १७ जना आफ्नै पहलमा फर्किसकेको र बाँकी रहेका १६८ जना नेपाली कामदारहरुको तत्काल उद्धारका लागि सरकारी तहबाट आवश्यक पहल गर्नका लागि एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधि मण्डलले मन्त्री बोहरालाई ज्ञापन पत्र बुझाउँदै आगामी दिनमा पर्न सक्नै यस्तै खालका समस्याहरुको तत्काल निराकरणका लागि आवश्यक संयन्त्र खडा गर्नु पर्ने दिशामा सरकारको ध्यानाकर्षण गराएको हो ।
आफूले काम गर्ने कम्पनी नै बन्द भएकाले महिनौंदेखि तलब नपाएर हातमुख जोड्ने समस्याले समेत छटपटिइरहेका र कहिले घर जान पाईएला भनेर पर्खिरहेका ती पीडित नेपालीहरुलाई एनआरएनए लगायत विभिन्न संघ संस्थाहरुले खाद्यान्न लगायतका अति आवश्यकीय सामाग्री उपलब्ध गराएर सहयोग गरिरहेको जानकारी मन्त्री बोहरालाई दिंदै एनआरएन अध्यक्ष घलेले भने -विधि, प्रक्रिया वा कानूनी प्रावधान पछि हेर्दै गरौंला तर अहिले तत्काल त्यहाँको समस्या हल गरी हालौं जसका लागि सरकारलाई हरतरहले सहयोग गर्न एनआरएनए तयार छ’ ।
प्रतिनिधि मण्डलको ज्ञापन पश्चात् मन्त्री बोहराले आफ्नो मन्त्रालयका सचिव विष्णु लम्साल, सहसचिवहरु गोबिन्दमणी भूर्तेल, सूर्य श्रेष्ठ, वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्न पुडासैनी लगायतका सम्बन्धित निकायका प्रमुख तथा पदाधिकारीहरुलाई तत्काल समस्या समाधानका लागि कदम चाल्न निर्देशन दिंदै आवश्यक परे आफैं गएर भए पनि अलपत्र नेपाली कामदारहरुको तत्काल उद्धार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अलपत्र परेका कामदार मध्ये कतिपय कामदारको दुई वर्षे अवधि सकिएको छैन भने कतिपयको दुई वर्षभन्दा बढी भईसकेको अवस्था छ । अझ कतिपय त गैर कानूनी रुपमा रहेका समेत पाइएकोले उद्धारमा समस्या देखिएको भन्दै मन्त्री बोहराले प्रतिनिधिमण्डललाई ती कामदारहरुको यथार्थ तथ्यांक सहितकौ कागजात जतिसक्दो छिटो उपलब्ध गराउन आग्रह गर्दै कतारस्थित नेपाली दूतावासलाई समेत सोही निर्देशन दिए ।
अध्यक्ष घलेको नेतृत्वमा महासचिव डा. बद्री के.सी., यूवा उपसंयोजक लोकराज शर्मा, सचिवालयका कार्यकारी निर्देशक राजेश राना लगायतका प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री बोहराले पहिले त कामदार पठाउने म्यानपावर व्यवसायीलाई नै उद्धारका लागि निर्देशन दिने र उक्त प्रक्रियाबाट नभएमा कत्ति पनि ढिला नगरी सरकारले उद्धारको जिम्मेवारी लिने भन्दै त्यसका लागि कतारस्थित नेपाली राजदूतावास, काठमाडौंस्थित कतारी राजदूतावास, सम्बन्धित म्यानपावर कम्पनी, एनआरएनए लगायतसँग सहकार्य गरेर जतिसक्दो छिटो समस्या समाधान गर्न श्रम सचिव लम्साललाई निर्देशन दिए ।
फोटोः उद्धव भट्टराई
Wednesday, June 15, 2016
कतारमा अलपत्र नेपालीहरुको तुरुन्त उद्धार हुन्छ- श्रममन्त्री बोहरा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment