वैदेशिक रोजगारीमा गएका नेपालीहरुको आम्दानीलाई सञ्चयकोष मार्फत वचत गर्ने प्रक्रिया अगाडि बढाउन हजारे अभियान थालेको गैर आवासीय नेपाली संघलाई कर्मचारी सञ्चय कोषले साथ दिने भएको छ ।
एनआरएनए र कर्मचारी सञ्चयकोष बीच दुई पटकसम्म भएको छलफल पश्चात् उक्त पहलकदमीले अग्रसरता पाएको हो । यो अग्रसरतासँगै प्रवासी नेपालीहरुले पनि सञ्चय कोषको सुविधा लिन सक्ने बाटो खुल्ने देखिएको छ । कर्मचारी सञ्चयकोष ऐनको संशोधनको तयारी भईरहँदा भएको उक्त पहलले प्रवासी नेपालीहरु तथा स्वरोजगार नेपालीहरु समेत लाभान्वित हुने निश्चित छ । सोही प्रक्रियाका लागि कोषले सञ्चयकर्ता सेवा तथा सामाजिक सुरक्षा विभागका प्रमुख विरेन्द्रमोहन भट्टराईको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेर अध्ययन अनुसन्धान अगाडि बढाएको छ । जुन कार्यदलले ती सञ्चयकर्ताहरुलाई कसरी समाहित गर्न सकिन्छ भनेर वैदेशिक रोजगारसँग सम्बन्द्ध निकायहरुसँग छलफल चलाईरहेको सोही कार्यदलका अर्र्का सदस्य जितेन्द्र धिताले बताए ।
गैर आवासीय नेपाली संघका महासचिव डा. बद्री के.शी.को नेतृत्वमा गएको हजारे अभियानको टोलीले कोषले गठन गरेको उक्त कार्यदलसँग छलफल गरेर कोष र एनआरएनए बीचमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ र कसरी बढी भन्दा बढी प्रवासी नेपालीहरुलाई आ आफ्नो आम्दानी मध्येको केही रकम सञ्चय गर्न अभिप्रेरित गर्न सकिन्छ भन्ने विषयमा बिस्तृत छलफल गरेको छ । छलफलका क्रममा महासचिव के.शी.ले एनआरएनए संसारका ७५ वटा देशमा आफ्नो राष्ट्रिय समन्वय समिति गठन गरिसकेको संस्था भएकोले एनआरएनएसँगको सहकार्यमा कोष सञ्चय अभियान अगाडि बढाउँदा सहज र उपलब्धीमूलक हुने र यसरी अघि बढ्दा बिषेश गरी कानूनी बाटो अपनाएका कामदार मात्र होइन गैर कानूनी रुपमा रहेका मध्यपूर्वका बहुसंख्यक कामदारहरुलाई समेत समेट्न सकिने कुरा औंल्याए । उनले थपे हाम्रो हजारे अभियानलाई मात्र पनि अगाडि बढाउने हो भने वार्षिक करिब ५० अरब रुपैयाँ संकलन हुने र त्यसले समग्र देशको विकासमा समेत टेवा पुर्याउने बताए । त्यसैगरी हजारे अभियानका सदस्य दामोदर नेपालले कर्मचारी सञ्चय कोष सारा नेपालीहरुको विश्वासको केन्द्र भएकाले पनि यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी कोष मार्फत सञ्चय कर्ताले जम्मा गरेको रकमका आधारमा उनीहरुलाई सरल एवं सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने, कोषमा आवद्ध भएका सञ्चयकर्तालाई सामाजिक सुरक्षा अन्तर्गत दुर्घटना खर्च, औषधोपचार खर्च, सुत्केरी खर्च, मृतकका परिवारलाई काजकिरिया खर्च, शैक्षिक कर्जा, घर कर्जा, विशेष सापटी कर्जा आदिको सुविधा दिन सकिने कोषका पदाधिकारीहरुले बताए । त्यस्तै यो अभियानमा गैर आवासीय नेपालीहरु, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु मात्र होइन रोजगारीका लागि छिमेकी मुलुक भारतमा कार्यरत नेपालीहरुलाई पनि समेट्न सकिने कोषका पदाधिकारीहरुले बताए ।
छलफलको अन्त्यमा एनआरएनए हजारे अभियानलाई सफल बनाउन आगामी जुलाईमा कतारको दोहामा हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय बैठकमा आफ्ना एजेण्डा सहित प्रस्तुत हुनका लागि कोषलाई संघले औपचारिक निमन्त्रणा पत्र दिएको थियो । उक्त पत्र बुझ्दै अध्ययन कार्यदलका संयोजक भट्टराईले भने हामी यो अभियानमा लागिसकेका थियौं, तपाइँंहरुसँग पनि सम्पर्क गरेर छलफल गर्ने योजना थियो तपाइँहरु आफैँ आउनु भयो । त्यसको लागि धन्यवाद दिन चाहन्छौं भन्दै हाम्रो अहिलेको छलफलले हाम्रो यो कार्यलाई अझ झन् सरल बनाएको भन्दै अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई समेट्ने कुरामा हामी मिलेर अगाडि बढौं ।
एनआरएनए र कोषका बीचमा सम्पन्न उक्त छलफलमा संघका तर्फबाट महासचिव के.शी., यूवा उपसंयोजक लोकराज शर्मा, कार्यकारी निर्देशक राजेश राना, एनआरएनए जापानका कपिलदेव थापा, हजारे अभियन्ता नेपाल तथा कोषका तर्फबाट कार्यदलका संयोजक भट्टराई, सदस्य धिताल, ध्रुब भट्टराई, दामोदर सुवेदी र विरेन्द्र पौडेल सहभागी रहेका थिए । छलफलको अन्त्यमा यस सम्बन्धमा कोष र संघका बीचमा एमओयू गरेर अगाडि बढ्नका लागि एनआरएनएले गरेको प्रस्तावमा दुबै पक्ष सहमत भई अझै बिस्तृत छलफललाई निरन्तरता दिने र अगाडि बढ्ने निचोडका साथ छलफल सकिएको थियो ।
Saturday, June 18, 2016
एनआरएनएको हजारे अभियानलाई कर्मचारी सञ्चय कोषको साथ
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment