Friday, June 10, 2016

निजी गुठीको ढाँचामा विद्यालय सञ्चालन गरिने नयाँ नमुना

पोखरा, २८ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्ले ऐतिहासिक र आधारभूत शिक्षा विधेयक पारित गरेको बताउनुभएको छ ।

गण्डकी उमाविको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले विधेयक पारितसँगै शिक्षा क्षेत्रमा परिवर्तन गर्ने सपना पूरा भएको बताउनुभयो । सरकारले यसै आवभित्र एक हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको जानकारी दिँदै शिक्षामन्त्रीले हरेक निर्वाचन क्षेत्रमा एक एक यस्ता विद्यालय अनिवार्य बनाइने बताउनुभयो ।

सरकारले अब नाफा कमाउने गरी कम्पनीका आधारमा विद्यालय सञ्चालन गर्ने परिपाटीको अन्त्य गरी सार्वजनिक र निजी गुठीको ढाँचामा विद्यालय सञ्चालन गर्ने नयाँ नमुना अघि सारेको उहाँले जानकारी दिनुभयो ।
पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले गण्डकी उमावि देशकै उत्कृष्ट नमुना विद्यालयका रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो । क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो समारोहमा विद्यालयका प्राचार्य रविराज बराल, अभिभावकका तर्पmबाट महेन्द्र रिमाललगायतले बोल्नुभएको थियो ।
सो अवसरमा विद्यालयको स्वर्ण महोत्सव अन्तर्गत एक वर्षसम्म गरिएका अतिरिक्त क्रियाकलाप, विद्यालयको भौतिक पूर्वाधार विकास र अन्य उल्लेखनीय रुपमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts