काठमाडौँ, २१ जेठ । ‘दृष्टि’ साप्ताहिक आजदेखि अनलाइन मार्फत सात दिनमा नभई छिनछिनमा प्रकाशन हुने भएको छ ।
‘दृष्टि’ साप्ताहिकको अनलाइन न्युज पोर्टल धधध।मचष्कजतष्लभधक।अयm को प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ शुभारम्भ गर्नुभयो । सो साप्ताहिक स्थापनाको साढे ३३ वर्षपछि अनलाइन प्रकाशन भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली प्रजातान्त्रिक आन्दोलन र पत्रकारितामा ‘दृष्टि’ले पु¥याएको योगदान प्रशंसनीय रहेको बताउँदै यसलाई निरन्तर रुपमा लैजान आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यम आग्रह र पूर्वाग्रहभन्दा पनि सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदै सरकारले देश र जनताको हितका निम्ति चालेका सकारात्मक समाचार सबै पत्रिकाहरुले दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो, “मैले लोकतन्त्र र मानवाधिकारको सङ्घर्षका लागि लडेको थिएँ । अब मुलुकलाई समृद्धितर्फ लानु छ, यसका लागि सञ्चारमाध्यमले देश बनाउने कुरामा सकारात्मक समाचार दिनुपर्दछ । पत्रकारिता क्षेत्रले जनताको सुसूचित हुने अधिकार प्रदान गर्नुपर्छ, सत्यतथ्य दिनुपर्छ ।”
प्रधानमन्त्री ओलीले नेपाली पत्रकारिता मुलुकको आर्थिक विकास र सुशासनका निम्ति सही ढङ्गले प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।
‘दृष्टि’ साप्ताहिक र दृष्टिन्युज डट कमका सम्पादक शम्भु श्रेष्ठले सबै दल एक भएर मुलुकको आर्थिक विकासमा योगदान दिनका लागि जिम्मेवार बन्न आग्रह गर्नुभयो । अनलाइनका सल्लाहकार सम्पादक डा प्रदीप भट्टराईले अनलाइनले सत्यतथ्य समाचार शालीन, निष्पक्ष र स्वच्छ रुपमा सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment