Friday, June 3, 2016

बजेट पुँजीवादीको जस्तो’

बेनी (म्याग्दी), २१ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान सरकारले ल्याएको बजेट युरोप र अमेरिका जस्ता मुलुकका पुँजीवादी सरकारले बनाएको जस्तो भएको बताउनुभएको छ ।

नेपाल तरुण दल म्याग्दीको तेस्रो जिल्ला अधिवेशनका लागि यहाँ आउनुभएका नेता खाँणले अहिलेको बजेट वितरणमुखी बजेट भएको र यसले महँगी वृद्धिमा प्रोत्साहन गरेको बताउँदै गरिब र निमुखा वर्गका लागि बजेटले कतै कुनै सम्बोधन गरेको छैन भन्नुभयो ।

नेता खाँणले भन्नुभयो, “भौगोलिक विविधताले युक्त नेपालको सम्पदालाई कसरी प्रयोग गर्ने भन्नेबारे सोच्ने बेलामा आयात कसरी बढाउने भन्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको छ, यसले नेपाल र नेपालीको हित गर्न सक्दैन ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts