Thursday, June 16, 2016

पूर्व मुमा बडामहारानी रत्न नर्भिक भर्ना

काठमाडौँ, २ असार । पूर्व मुमा बडामहारानी रत्न पेटसम्बन्धी समस्याका कारण आज थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना हुनुभएको छ ।

सो अस्पतालमा रहेको पाचन प्रणाली उपचार केन्द्रमा उहाँ भर्ना हुनुभएको अस्पतालले जनाएको छ । उहाँको उपचारमा पेटसम्बन्धी रोगका वरिष्ठ चिकित्सक मधु घिमिरे संलग्न हुनुहुन्छ ।

उहाँ तत्कालीन राजा महेन्द्र शाहका पत्नी हुनुहुन्छ । गणतन्त्र घोषणापछि राजपरिवारका सदस्यहरु नारायणहिटी दरबारबाट नागार्जुन सरे पनि उहाँ नारायणहिटी दरबारकै महेन्द्र मञ्जिलमा बस्दै आउनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts