नुवाकोट, १२ असार । तुप्चे गाविसमा निर्माण गरिने मध्य त्रिशूलीगङ्गा जलविद्युत् आयोजनाले निर्माणका क्रममा ऐतिहासिक तथा धार्मिक क्षेत्र उत्तरगया धामको अस्तित्व सङ्कटमा पार्न नहुने स्थानीयवासीले बताएका छन् ।
उत्तरगया क्षेत्र विकास समिति र हिन्दू कर्मकाण्ड संस्थाले संयुक्त रुपमा आज बेत्रावतीमा आयोजना गरेको कार्यक्रमका विभिन्न क्षेत्रका व्यक्तिले पर्यटकीय, धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई असर पुग्ने गरी आयोजना निर्माण अघि नबढाउन सरकारसँग माग गरेका छन् ।
कार्यक्रममा सांसद जनार्दन ढकालले विकास निर्माण अहिलेको आवश्यकता रहेको बताउंँदै जलविद्युतले गर्ने विकाससंँगै स्थानीय पुरातात्विक, धार्मिक तथा स्थानीय धार्मिक पहिचानको नष्ट गर्न नमिल्ने बताउनुभयो । उहाँले जलविद्युत निर्माण पक्षलाई उत्तरगयाको संरचनामा कुनै पनि असर नहुने गरी डिजाइन गर्न आग्रह गर्नुभयो ।
पर्यटन व्यवसायी शिव लामिछानेले धार्मिक पर्यटनका रुपमा उत्तरगया धाम विकास भइसकेकाले अव यसलाई जसरी पनि बचाउनुपर्ने बताउनुभयो ।
रसुवाका समाजसेवी भवानीप्रसाद न्यौपानेले जलविद्युत्को विकास अहिलेको आवश्यकता भए पनि धार्मिक क्षेत्रलाई जोगाउनु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।
नेकपा(एमाले) रसुवाका नेता अशोक घिमिरे, स्थानीय धार्मिक एवं सामाजिक अगुवा दामोदर घिमिरे, शङ्करदास डङ्गोल, विनोद घिमिरे, विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोललगायते माथिल्लो त्रिशूली थ्रि वि आयोजनाबाट निस्किएको पानी सुरुङबाट तुप्चे गाविसको अक्करे बजारमा ल्याई विद्युत् उत्पादन गर्ने उद्देश्य राखी सञ्चालन हुन लागेको आयोजनाले उत्तरगयाको अस्तित्व सङ्कटमा पार्ने भएकाले आयोजनाको विद्युत्गृह उत्तरगया नजिकै सार्न माग गर्नुभयो ।
मनकामना गाविसमा रहेको माथिल्लो त्रिशूली थ्रिबी आयोजनाको विद्युत्गृहबाट निस्किएको पानी चार किमी सुरुङबाट ल्याएर तुप्चे – २ को अक्करेमा विद्युत्गृह निर्माण गरी ५५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण हुने चरणमा रहेपछि स्थानीय बासिन्दाले यसको विरोध गरेका हुन् । विद्युत्गृह सञ्चालन गर्दा त्रिशूली नदीको पानीको प्रयोग भई उत्तरगया क्षेत्रमा पानी कम हुने भएकाले सो विरोध गरिएको हो । रासस
Sunday, June 26, 2016
उत्तरगया संरक्षण गरी जलविद्युत् निर्माण गर्न आग्रह
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment