Monday, June 13, 2016

उत्तरी जापानमा भालुको आक्रमणबाट चारको मृत्यु

टोकियो, ३१ जेठ । जापानको उत्तरी इलाकामा जङ्गलमा वाँसका तामा खोज्न हिँडेका चार जना गाउँलेलाई भालुले आक्रमण गर्दाे मृत्यु भएको छ ।

उत्तरी जापानमा अवस्थित एक ग्रामीण इलाकामा गएका तीन हप्ताभित्र छुट्टाछुट्टै भएका भालुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

एक महिलासहित चार जनाको मृत शरीरमा भालुले टोकेका डामहरु भेटिएको पाइएको कोजुनो प्रहरी कार्यालयका प्रवक्ता नोबुरु ओबुकावाले बताउनुभयो ।

करिब २.५ किलोमिटरको हिमाली भूभागमा भएको उक्त घटनामा मारिनेमा प्रायः ६५–७० उमेर समूहका वृद्धवृद्धा रहेका छन् ।

प्रहरीले उक्त क्षेत्रमा सावधानीका साथ हिँड्न गाउँलेलाई सचेत गरेको छ ।

जापानको वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१४ को अप्रिलदेखि सन् २०१६ को मार्च सम्ममा १६८ भालु आक्रमण भएका र त्यसबाट १७६ मानिसको मृत्यु तथा घाइते भएका जनाइएको छ । रासस÷एपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts