गौशाला, २ असार । महोत्तरीको रामगोपालपुर गाविसमा चट्याङ लागेर आज साँझ दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा सोही गाविस–४ बस्ने २७ वर्षीया विराजदेवी ठाकुर र २१ वर्षीया शोभादेवी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै खेतमा काम गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको छ । रासस
–––––––––
No comments:
Post a Comment