Thursday, June 2, 2016

पत्रकार शर्माको अन्त्येष्टि

काठमाडौँ, २० जेठ । उपचारका क्रममा निधन हुनुभएका नेपाल पत्रकार महासङ्घ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

रक्त क्यान्सरको उपचारका क्रममा पत्रकार शर्माको आज बिहान ४ः०० बजे भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको हो । अन्त्येष्टिअघि पशुपति आर्यघाटमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको झन्डा ओढाएर मृतक शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

पत्रकार शर्माप्रति सल्यान क्षेत्र नं २ का सांसद प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल, नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख सूर्य थापा, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष गोविन्द आचार्यलगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

विसं २०४० देखि पत्रकारितामा सक्रिय रहेका शर्माले २०४६ सालको राजनीतिक परिवर्तनपछि रेडियो नेपालको संवाददाता र सल्यानबाट सल्यानी सन्देश प्रकाशन गरी प्रधानसम्पादकको जिम्मेवारी बहन गर्दै आउनुभएको थियो ।

महासङ्घले एक विज्ञप्ति जारी गरी मृतक शर्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts