Thursday, June 2, 2016

मिथिला चित्रकलामा दलित महिला

जनकपुर, २० जेठ । अति पिछडिएका डुम जातिको महिलाहरु मिथिला चित्रकलातर्फ आकर्षिक हुँदै गएका छन् ।

सधैँभरि घरमै बसेर बाँसका विभिन्न सामान बनाई जीविकोपार्जन गर्दै आएका उनीहरु थप आयआर्जनका लागि मिथिला चित्रकलातर्फ आकर्षित हुन थालेका हुन् । जनकपुर उपमहानगरपालिका– १ की ३५ वर्षीया इन्द्रकला मल्लिक मिथिला चित्रकला तालिम लिनेमध्येकी एक हुन् । मिथिला चित्रकलाको माध्यमले मैथिली संस्कृतिलाई अगाडि बढाइ थप आयआर्जन गर्न तालिम लिएको उनको भनाइ छ ।

जनकपुर उपमहानगरपालिकाको साझेदारीमा आफन्त नेपालद्वारा आजदेखि सञ्चालित १५ दिने मिथिला चित्रकला तालिममा मल्लिक जस्तै २० जना महिला सहभागी छन् । जिल्लाको बसहिया, किशोरी नगर, देवी चोक, शान्तिनगर, देवडिहा, नगराइन, लखौरीलगायत गाउँका दलित महिला सहभागी सो तालिममा निर्मला झा र राजकुमार सिंहले मिथिला चित्रकला सम्बन्धमा प्रशिक्षण दिइरहेका छन् ।

दलित महिलालाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको आयोजक ‘आफन्त नेपाल’का शिक्षा संंयोजक विष्णु यादवले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts