Friday, June 3, 2016

संविधान कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक : अध्यक्ष दाहाल

रामेछाप, २२ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताउनुभएको छ ।

मन्थलीमा आज बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा उहाँले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हो भन्नु भयो ।

संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको उहाँको भनाइ थियो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले अन्य जिल्लामा जस्तै रामेछापमा पनि भूकम्पपीडितको नाम छुटेको र छुट भएकालाई पुनः नाम दर्ता गराउनका लागि पहल गर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts