भीमदत्तनगर, ९ असार । नेपाली कांग्रेस कञ्चनपुरका सभापतिमा हरिप्रसाद बोहरा निर्वाचित हनुभएको छ ।
बिहीबार भीमदत्तनगरमा सम्पन्न निर्वाचनको पहिलो चरणमा २४४ मत ल्याएका बोहरा दोस्रो चरणको निर्वाचन हुनुअगावै आज सहमतिबाट निर्वाचित हुनुभएको हो । अर्का सभापतिका प्रत्यासी पदम बोगटीले १४४ र गोपाल गुरुङले १२८ मत प्राप्त गर्नुभएको थियो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पु¥याउन नसकेपछि बोहरा र बोगटीबीच दोस्रो चरणको निर्वाचन गर्ने तयार गरिएको थियो । अन्तमा बोगटीले बोहरालाई सभापतिमा सहमति जनाउनुभयो ।
कार्यसमितिका सचिव, कोषाध्यक्ष र सदस्य पदको मतगणना हुन बाँकी छ । निर्वाचनमा कुल ५६३ मतदाता रहेकामा ५५० मत खसेको थियो । यसअघि वडास्तरको प्रतिनिधि छनोटमा पराजित बोहरा लगत्तैको नगरस्तरीय निर्वाचनमा नगर सभापतिमा विजयी भएका थिए । रासस
No related posts.
No comments:
Post a Comment