काठमाडौँ, ३० जेठ । पशुपति क्षेत्रमा उपहार तथा फूल पसलबाट झन्डै १० वर्षदेखि उठ्न नसकेको करिब रु ९२ लाख रकम उठ्ने भएको छ ।
पशुपति क्षेत्र विकास कोष र व्यवासायीबीच भएको आजको बैठकमा दुवै पक्षबीचको छलफलपछि सो रकम उठ्ने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष आनन्दप्रसाद पोखरेलको अध्यक्षमा बसेको बैठकमा पशुपतिनाथ मन्दिरको बाहिर रहेका उपहार सामग्री पसल राख्नका लागि लागि भएको सम्झौताअनुरुप रकम सङ्कलन हुने सहमति भएको हो ।
कोष र व्यवसायीबीचको सम्झौतामा उपहार सामग्री पसलका लागि मासिक रु दुई हजार ८०० र फूल व्यवसायीका लागि मासिक रु ८०० तिर्नु सहमति भएको हो । पसल राखेको झन्डै १० वर्ष बितिसक्दा पनि व्यवयासीले कोषलाई शुल्क बुझाएका थिएनन् । कोषले गरेको सम्झौता महँगो भएको भन्दै व्यवसायीले कम गर्नुपर्ने माग अघि सार्दै आएका थिए ।
सम्झौताअुनसार उपहार पसलले मासिक रु एक हजार ५०० तिर्नुपर्ने सम्झौताअनुसार प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दा तीन हजार ६०० हुने भए पनि सहमति गर्दा रु दुई हजार ८०० निर्धारण र फूल पसलको सम्झौता गर्दा रु एक हजार गरिएको भए पनि सहमति गर्दा रु ८०० निर्धारण गरिएको हो ।
मन्त्री पोखरेलले कोष र व्यवसायीबीच विवाद नगरी लामो समयदेखिको समस्यालाई समाधान गर्न सहमतिबाटै निकास खोज्ने प्रयत्न गरेपछि दुई पक्षबीच सहमति भएको थियो ।
बैठकमा अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नका लागि भकुन्टोल र बज्रघर वरपर रहेको पार्किङ हटाई वनकाली मन्दिर दक्षिणपट्टि खाली चौर र माधवराज स्मृति सुमार्गी भवनको पश्चिमपट्टि राख्ने सहमति भएको छ ।
कोषका सदस्य–सचिव डा गोविन्द टन्डनले लामो समयदेखि व्यवसायीले तिर्न बाँकी बक्यौता रकम करिब रु ९२ लाख उठ्ने र पार्किङ व्यवस्थित गर्ने सम्झौता भएको जानकारी दिनुभयो । पशुपति मन्दिर आसपासमा करिब १६६ पसल रहेका छन् । रासस
No related posts.
No comments:
Post a Comment