ताप्लेजुङ, १ असार । दुई छोराछोरी गुमाएका ताप्लेजुङ नगरपालिका–८ का पहिरो पीडित मनकुमार तामाङको परिवारलाई आज राहत प्रदान गरिएको छ ।
ताप्लेजुङ नगरपालिका–८ घर भई हाल हङ्कङमा बसोबास गर्दै आएका सन्तोष तामाङले पठाउनुभएको रु एक लाख १५ हजार र जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट रु ८५ हजार जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले संयुक्तरुपमा मनकुमारको परिवारलाई प्रदान गर्नुभयो ।
मङ्गलबार बिहान करिब २ वजे घरमाथिबाट ढिस्को झरेर घर पुर्दा तामाङका चार वर्षीया छोरी अंशु तामाङ र तीन वर्षीय छोरा अमृत तामाङको ज्यान गएको थियो भने श्रीमती सीता घाइते हुनुभएको थियो ।
मृतक बालबालिकाका बुबा मनकुमार वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् । रासस
No comments:
Post a Comment