Wednesday, June 15, 2016

वरिष्ठ नेता पौडेलद्वारा आचार्य दम्पत्तिको स्वास्थ्य अवस्थाबारे जानकारी

हेटौँडा, १ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुर्घटनामा परी घाइते हुनुभएका रासस रौतहटका समाचारदाता एवम् प्रेस युनियन रौतहटका उपाध्यक्ष नरहरि आचार्य र उहाँको परिवारलाई आज भेट गर्नुभएको छ ।

हेटौँडास्थित चुरेहिल अस्पतालमा पुगेर नेता पौडेलले उहाँहरूको स्वास्थ्यबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गर्नुभएको बताइएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी आचार्यकी श्रीमती प्रमिलाको अवस्था गम्भीर रहेको छ भने आचार्य सामान्य घाइते छन् । यही जेठ ३० गते टाटासुमोको ठक्करबाट उहाँहरू गम्भीर घाइते हुनु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts