Friday, June 10, 2016

‘मोर्चाको मागकै आधारमा संविधान संशोधन र वार्ता समिति गठन’

विराटनगर, २८ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकार सहज ढङ्गले आफ्ना मार्गचित्रका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले चाहेअनुरुप नयाँ बजेट आएको र सरकार विकास निर्माण तथा संविधान कार्यान्वयनतर्फ अग्रसर भइरहेको स्पष्ट गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले संसद्बाट सकेसम्म व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली सहमतिमै पारित गरिने र नभए प्रक्रियामा जाने बताउनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अनेकौँ बहानाबाजी गरेर वार्तामा नआउन चाहेको उल्लेख गर्दै सरकारका प्रवक्ता राईले मोर्चाको मागकै आधारमा संविधान संशोधन र वार्ता समिति गठन भएको हो भन्नुभयोे । मोर्चालाई सरकारले वार्तामा आउन आह्वान गरेको र जनताबाट पनि वार्तामा आउन दबाब परिरहेको विचार उहाँले व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts