काठमाडौँ, १४ असार । एकीकृत विकासले मात्र काठमाडौँ उपत्यकाको जीवन सुरक्षित बनाउने भएकाले उपत्यकाका तीनवटै जिल्लाका नगरपालिकामा एउटै मापदण्डबमोजिम कामको थालनी गर्नुपर्ने बताइएको छ ।
काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको इन्जिनियरको तालिममा कामपाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले एकीकृत विकास योजनाले मात्र काठमाडौँ उपत्यकालाई संवृद्ध र सुरक्षित बनाउने भएकाले एकिकृत विकासको आवश्यकता औँल्याउनुभयो ।
उपत्यका राजस्वका दर एउटै हुनुपर्ने, फोहोर मैला व्यवस्थापनको ढाँचा एउटै हुनुपर्ने, पूर्वाधार निर्माणको गुणस्तर र शैली एउटै हुनुपर्ने आवश्यक एकै खालको हुन आवश्यक रहेको प्रमुख तामाङले जानकारी गराउनुभयो ।
सोही अवसरमा जापानको योकोहामा नगरका डिजास्टर प्रिभेन्सन हाउजिङ एन्ड आर्किटेक्चर ब्यूरोका कार्यकारी निर्देशक योसिका हिसामात्सुले भूकम्पको प्रभावसँग प्राविधिक परिचित हुन सके त्यसबाट हुने क्षतिमा कम हुने बताउनुभयो ।
आजदेखि सुरु भएको तालिममा काठमाडौँ महानगर र ललितपुर उपमहानगरपलिका र भक्तपुर नगरपालिकाको गरी ३५ जना इन्जिनियरको उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा भूकम्पले पार्ने प्रभाव, विपद्मा हुने क्षति न्यूनीकरणका लागि सहरी तथा वास्तु योजना, ढुङ्गाको गाह्रो भएका भवनका सम्भावित जोखिम र तिनीलाई सुरक्षित बनाउने विधिका विषयमा छलफल हुने जानकारी गराइएको छ । रासस
No related posts.
No comments:
Post a Comment