Wednesday, June 1, 2016

बजेट कार्यान्वयन भए देशमा आर्थिक समृद्धि हुन्छ : उद्योगमन्त्री पाण्डेय

पाल्पा, १९ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बजेटलाई कार्यान्वयन गर्न सकेको स्थितिमा देशमा आर्थिक समृद्धिको बाटो खुल्ने बताउनुभएको छ ।
पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाद्वारा आज तानसेनमा आयोजित ‘ऐतिहासिक तानसेन सौन्दर्यकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पाण्डेयले सकारात्मक सोचकासाथ देश आर्थिक समृद्धिबाट अघि बढ्न आवश्यक रहेको आँैल्याउनुभयो ।

उहाँले नेपालमा तामा, फलाम अथाह रुपमा रहेकाले त्यसको प्रयोगमा ल्याउन सके अर्थतन्त्रमा सुधार आउने र युवालाई रोजगारीको वातावरणसमेत सिर्जना हुने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts