Wednesday, June 1, 2016

खुला विश्वविद्यालय विधेयक समितिबाट पारित

काठमाडौँ, १९ जेठ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको आजको बैठकले ‘खुला विश्वविद्यालयसम्बन्धी विधेयक, २०७३’ पारित गरेको छ ।

शिक्षाकर्मीले लामो समयदेखि प्रतीक्षा गरेको सो विधेयक संसद्बाट पारित भएपछि स्वदेशमा खुल्ला विधिबाट उच्च शिक्षासम्म पढ्न पाउने सुविधा मिल्नेछ । समितिका सभापति रञ्जुकुमारी झाको अध्यक्षतामा बसेको बैठकले प्राप्त सुझावका आधारमा विधेयक संसद्मा पठाउने निर्णय गरेको हो ।

अब सो समितिको संशोधनसहितको प्रतिवेदन चाँडै संसद्को बैठकमा पेस हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts