फलेवास (पर्वत), ३० जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले औद्योगिक क्षेत्रको विकास अहिलेको मुख्य आवश्यकता भएको बताउनुभएको छ ।
पर्वत जिल्लाको फलेवासमा रहेको जिल्लाकै पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुलुकभित्र सम्भावना रहेका वस्तु तथा सेवालाई उद्योगका रुपमा विकास गर्न सकिँदैन, तबसम्म मुलुक आर्थिक हिसाबमा अगाडि बढ्न सक्दैन भन्नुभयो ।’’
नेपाललाई आर्थिक समृद्धिको उचाइमा पु¥याउनका लागि नेपालमा सम्भावना भएका उद्योगको विकास र खानी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पाण्डेले नेपालभित्रै रहेका पेट्रोल, कोइला, फलाम, सुनलगायतका खानी पुँजी र प्रविधिको अभावमा उत्खनन हुन गरी एकाध वर्षमै मुलुकले कोल्टे फेर्ने बताउँदै सरकारी तथा निजी लगानीमार्फत उद्योग र उत्पादनशीलतामा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मन्त्री पाण्डेले गत वर्षको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण औद्योगिक क्षेत्र चौपट बनेको बताउँदै औद्योगिक क्षेत्रको पुनःनिर्माण र विकासलाई आगामी आवको बजेट तथा कार्यक्रमले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकभित्रकै उद्योगलाई सबल बनाएर आयात प्रतिस्थापन गर्ने गरी सरकार अघि बढेको छ ।”
मुलुकमा राजनीतिक स्थिरता भएमा आर्थिक विकासलाई समय नलाग्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योगधन्दाको विकास गरी बढ्दो युवा पलायनको दरलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
स्थायी शान्ति हुनसकेमा लगानीको वातावरण सिर्जना हुने र त्यसका लागि संविधानको पूर्ण कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।
सरकार फेरेरमात्र मुलुकको विकास हुन नसक्ने बताउँदै संविधानको सफल कार्यान्वयन र अहिलेको सरकारले ल्याएको नीति तथा बजेटको पूर्णरुपमा लागू हुनसकेमा आम नेपालीले छोटो समयमै ठूलो राहत महसुस गर्ने मन्त्री पाण्डेले बताउनुभयो ।
कार्यक्रममा सांसद विकास लम्साल, कल्पना चापागार्इं, नेकपा (एमाले) पर्वतका अध्यक्ष पदम गिरीलगायतल बोल्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment